२० बैशाख २०८३, आइतबार | May 3, 2026

साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी



काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० देखि सुरुआत भएको उक्त च्याम्पियनशिपमा भारत अपराजित रहँदै आएको थियो ।

बङ्गलादशेको जीतमा मोसमात सिराज जाहनले दुई गोल गरिन भने श्रीमोती कृष्णरानी सरकारले एक गोल थपिन् । खेलको पहिलो हाफको सुरुआतदेखि नै निकै आक्रामक देखिएको बङ्गलादेशले खेलको ११औँ मिनेटमा पहिलो अग्रता लियो ।

बङ्गलादेशकी खेलाडी मोसमातले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाएकी हुन् । उनले कृष्णारानी सरकारको प्रहारलाई दुई डिफेन्सको चुनौती पार गर्दै पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरिन् ।

त्यस्तै खेलको २३औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर पा¥यो । कृष्णारानीले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बीचमा बल अघि बढाउँदै सुन्दर गोल गरिन् । त्यसपछि बङ्गलादेशले खेलको दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ५३आँै मिनेटमा सविना खातुनको पासलाई सदुपयोग गर्दै मोसमातले गोल गरेपछि बङ्गलादेशले भारतमाथि ३–० गोलको सहज जीत निकाल्यो । समूह ‘ए’ बाट भारत र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३–० तथा पाकिस्तानमाथि ६–० को जीत निकालेको थियो भने भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० र दोस्रोमा माल्दिभ्सलाई ९–० ले हराएको थियो । जीतसँगै बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो भने सोही समूहमा रहेको भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा नै रहेको माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

त्यसैगरी साफ च्याम्पियनशिपअन्तर्गतको सेमिफाइनल खेलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त खेल यही भदौ ३१ गते हुनेछ । समूह ‘बी’ को उपविजेता भूटानले समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्ने पक्का भएको छ । उक्त सेमिफाइनल खेल पनि भदौ ३१ गते नै हुनेछ । प्रतियोगितामा समूह ‘बी’ बाट श्रीलङ्का बाहिरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ९ : २२ बजे

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी