१६ श्रावण २०८३, शनिबार | August 1, 2026

मोदी र पुटिनबीच भेटवार्ता हुने



नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन वैठकमा दुई नेताबीच वार्ता हुन लागेको क्रेमलिनले जनाएको छ । वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ ।

भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान-आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो ।

यस वर्षको एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५-१६ मा उज्वेकिस्तानको समरकन्दमा हुने तय भएको छ । दुई नेताबीच रुसी मल, द्विपक्षीय खाद्य आपूर्ति, भारतीय बजारलगायतका विषयमा छलफल हुने भएको छ । रुस र भारतबीचको व्यापार कारोबार सन् २०२२ को पहिलो ६ महिनामा ११ दशमलब ५ अर्ब डलर पुगेको छ, जुन वार्षिक रूपमा लगभग १२० प्रतिशतले बढी हो ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ९ : ५२ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष