१५ माघ २०८२, बिहिबार | January 29, 2026

नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि



बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन् ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन जिल्ला जिल्लाबाट खेलाडी कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी छ ।

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ७ : २० बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।