९ असार २०८३, मंगलबार | June 23, 2026

पाकिस्तानका प्रधानमन्त्री सरिफ एसईओ बैठकमा सहभागी



इस्लामावाद । साङ्घाई सहयोग संगठन (एसईओ) का राष्ट्र प्रमुखको परिषद्को वार्षिक बैठकमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ उज्बेकिस्तानको राजधानी समरकन्द पुगेका छन् ।

आजबाट सुरु हुने बैठकको अध्यक्षता उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले गर्दैछन् ।

बैठकमा एससीओ सदस्य राष्ट्रका नेता तथा पर्यवेक्षक राष्ट्रका साथै एससीओ संगठनका प्रमुख तथा अन्य विशेष अतिथिहरुको सहभागिता रहनेछ ।

एससीओ नेताहरूले जलवायु परिवर्तन, खाद्य सुरक्षा ऊर्जा सुरक्षा, र दिगो आपूर्ति श्रृंखला लगायतका महत्त्वपूर्ण विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्दैछन् ।

उनीहरूले एससीओ सदस्य राष्ट्रहरूबीचको सहयोगको भावी दिशा निर्धारण गर्ने सम्झौता र कागजातहरूलाई पनि अनुमोदन गर्ने बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले शिखर सम्मेलनमा सहभागी अन्य देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सन् २०१७ मा एसईंओको पूर्ण सदस्य बनेदेखि, पाकिस्तानले विभिन्न यसका संयन्त्रहरूमा आफ्नो सहभागिता जनाउँदै आएकोछ । एसईओको मुख्य उद्देश्यहरू अगाडि बढाउन पाकिस्तानले सक्रिय रूपमा योगदान गरिरहेको छ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  १ : ०३ बजे

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका