८ बैशाख २०८१, शनिबार | April 20, 2024

पाकिस्तानका प्रधानमन्त्री सरिफ एसईओ बैठकमा सहभागी



इस्लामावाद । साङ्घाई सहयोग संगठन (एसईओ) का राष्ट्र प्रमुखको परिषद्को वार्षिक बैठकमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ उज्बेकिस्तानको राजधानी समरकन्द पुगेका छन् ।

आजबाट सुरु हुने बैठकको अध्यक्षता उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले गर्दैछन् ।

बैठकमा एससीओ सदस्य राष्ट्रका नेता तथा पर्यवेक्षक राष्ट्रका साथै एससीओ संगठनका प्रमुख तथा अन्य विशेष अतिथिहरुको सहभागिता रहनेछ ।

एससीओ नेताहरूले जलवायु परिवर्तन, खाद्य सुरक्षा ऊर्जा सुरक्षा, र दिगो आपूर्ति श्रृंखला लगायतका महत्त्वपूर्ण विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्दैछन् ।

उनीहरूले एससीओ सदस्य राष्ट्रहरूबीचको सहयोगको भावी दिशा निर्धारण गर्ने सम्झौता र कागजातहरूलाई पनि अनुमोदन गर्ने बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले शिखर सम्मेलनमा सहभागी अन्य देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सन् २०१७ मा एसईंओको पूर्ण सदस्य बनेदेखि, पाकिस्तानले विभिन्न यसका संयन्त्रहरूमा आफ्नो सहभागिता जनाउँदै आएकोछ । एसईओको मुख्य उद्देश्यहरू अगाडि बढाउन पाकिस्तानले सक्रिय रूपमा योगदान गरिरहेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ०३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले