४ आश्विन २०८३, आइतबार | September 20, 2026

चितवनका प्रभावशाली माओवादी नेता यमबहादुर परियार एमालेमा प्रवेश



चितवन। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारको एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई केही असर पुग्नसक्ने विश्लेषण गरिएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएको भन्दै परियार समूह असन्तुष्ट थियो ।

परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  १ : ५३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब