२१ मंसिर २०८२, आइतबार | December 7, 2025

तिलोत्तमामा आफ्नै श्रीमतीले गरिन् श्रीमानको हत्या



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाले आफ्नै श्रीमान्‌को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन् । मृतक थारुका छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँगको मिलेमतोमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

केसीका अनुसार केही वर्षअघि श्रीमान्‌ले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस पालेकी ग्रिजादेवी थारुले बानियाँसँग ७ लाख ऋण सहयोगसमेत लिएकी थिइन् । बानियासँग अवैध सम्बन्ध रहेको श्रीमान्‌ले थाहा पाएपछि उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो । थारु र बानियाँबीच जगदीशलाई मारी विवाह गर्ने योजना बनेको केसीले बताए ।

जगदीशको हत्या गर्न सघाएको भन्दै प्रहरीले बानियाँलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई अदालतबाट ७ दिनको म्याद लिएर थुनामा राखी अनुसन्धान अघि बढाएको उनले बताए ।

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ८ : ०२ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको