१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

संन्यासको घोषणा गरे फेडेररले



काठमाडौं । चर्चित टेनिस खेलाडी रोजर फेडेररले संन्यासको घोषणा गरेका छन् । फेडेररले बिहीबार लन्डनमा अर्को हप्तादेखि सुरु हुने लभेर कप आफ्नो अन्तिम एटिपी प्रतियोगिता हुने घोषणा गरेका हुन् ।

विश्व टेनिसमा आफ्नो छुट्टै पहिचान बनाएका फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेको छन् । ४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

पछिल्लो समय इन्जुरीका कारण कोर्टबाहिर रहँदै आएका फेडेररले सन् २०११ पछिको ११ ग्रान्डस्लाममध्ये तीनमा मात्र प्रतिस्पर्धा गरेका थिए । उनले लगातार तेस्रो पटक घुडाको सर्जरी गर्नु परेसंगै कोर्टबाट बिदा लिने निर्णय गरेको थिए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : २३ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त