४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको ईट्टाभट्टीबाट पेस्तोलसहित १ जना पक्राउ



बुटवल । बुटवलको ईट्टाभट्टी स्थित एक होटलबाट पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज मध्यान्ह १२स्३० बजे स्थानीय नमोबुद्ध होटलको १०४ नम्बरको कोठाबाट बाग्लुङ दगातुडाँडा १ स्थायी घर भई बुटवल उप(महानगरपालिका वडा नं. ८ सुख्खानगर बस्दै आएका ३३ वर्षिय सन्त्तोष सलामीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा सलामीलाई वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । सलामीबाट काठको बिँड भएको रिभल्वर पेस्त्तोल थान १, रिभल्वर पेस्त्तोलमा लोड भएको गोली १ थान र अन्य थान २ गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सलामीलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ८ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको