४ आश्विन २०८३, आइतबार | September 20, 2026

नेपाललाई द्वन्द्वमा फसाउने र संविधान एवं लोकतन्त्र समाप्त पर्ने कुचेष्टा भएको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित वाकाथनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई द्वन्द्वमा फसाएर संविधान असफल बनाउने प्रयत्न गरिएको बताएका हुन् ।

ओलीले त्यस्तो काम गठबन्धनले गरेको आरोप लगाए । ‘सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं’, ओलीले भने, तर ‘फेरि पनि नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संविधान र लोकतन्त्रलाई बचाउन आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई जिताउनुपर्ने धारणा राखे । उनले लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेको बताउँदै लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा जोड दिए । उनले भने, ‘देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन ।’

अध्यक्ष ओलीले संविधान दिवस सरकारी दिवस मात्र नभएर राष्ट्रिय चाड भएको टिप्पणी गरे । उनले जनस्तरबाट यसलाई मनाइनुपर्ने धारणा राखे । आफुहरुले यसको सुरुवात गरेको ओलीको भनाइ थियो । संविधानको रक्षा गर्ने र कार्यान्वयन गर्ने विषयलाई विद्वेष र तनावको विषय बनाउन नहुने उनको धारणा थियो ।
ओलीले पदयात्रामा सहभागी सबैलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३७ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी