९ पुस २०८२, बुधबार | December 25, 2025

नेपाललाई द्वन्द्वमा फसाउने र संविधान एवं लोकतन्त्र समाप्त पर्ने कुचेष्टा भएको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित वाकाथनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई द्वन्द्वमा फसाएर संविधान असफल बनाउने प्रयत्न गरिएको बताएका हुन् ।

ओलीले त्यस्तो काम गठबन्धनले गरेको आरोप लगाए । ‘सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं’, ओलीले भने, तर ‘फेरि पनि नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संविधान र लोकतन्त्रलाई बचाउन आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई जिताउनुपर्ने धारणा राखे । उनले लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेको बताउँदै लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा जोड दिए । उनले भने, ‘देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन ।’

अध्यक्ष ओलीले संविधान दिवस सरकारी दिवस मात्र नभएर राष्ट्रिय चाड भएको टिप्पणी गरे । उनले जनस्तरबाट यसलाई मनाइनुपर्ने धारणा राखे । आफुहरुले यसको सुरुवात गरेको ओलीको भनाइ थियो । संविधानको रक्षा गर्ने र कार्यान्वयन गर्ने विषयलाई विद्वेष र तनावको विषय बनाउन नहुने उनको धारणा थियो ।
ओलीले पदयात्रामा सहभागी सबैलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना