३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

कैलाली र कञ्चनपुरका सयौं परिवार डुवानमा



महेन्द्रनगर । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् ।

वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिएकाछन् ।

जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरु, लालझाडी गाउँपालिका–३, शुक्लाफाँटा नगरपालिका–१२, बेलौरी नगरपालिका–५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ ।

प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले डुबान परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । “केही जङ्गलमा बसेका छन् भने कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन्”, उनले भने, “बाढीले शुक्लाफाँटा–१२ दुवाहमा झोलुङ्गे पुलसमेत बगाएको छ ।” जिल्लाभर उद्धारमा सुरक्षाकर्मी खटिएका छन् । “गए राति २ बजेदेखि नै प्रहरी टोली परिचालन गरिएको छ ।”

त्यसैगरी वर्षापछि आएको बाढीका कारण कैलालीको चुरे गाउँपालिका–६ बालकोटस्थित भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं ५ र ६ स्थित भीमदत्त राजमार्गको अन्य पाँच स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध छ ।

कैलालीको भजनी नगरपालिका–८ पथरिया नदीमा बाढी आउँदा सोनाफाटा, दैलेखी, भरतान, जनकपुर र छछरहवा टोल डुबानमा परेको छ । नदीमा पानीको बहाब बढ्ने क्रम जारी छ । वडा नं ५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलमा बाढी पसेको छ ।

दार्चुलाका दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

पहाडी जिल्ला दार्चुलामा गत भदौ २४ गते वर्षासँगै पहिराबाट क्षतविक्षत भएका महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यी दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको प्रजिअ दीर्घराज उपाध्यायले बताए ।

वर्षाका कारण महाकाली र नौगाडमा ठूलो धनजनको क्षति भएको थियो । विपद् व्यवस्थापन समितिले मानवीय क्षति तथा भौतिक क्षतिको विवरण गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारलाई पठाइएको नौगाडका अध्यक्ष दलजीतसिंह धामीले बताए । बाढीपहिरामा परी दार्चुलामा पाँचजनाको मृत्यु भएको थियो, भने १० जना बेपत्ता छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ४७ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा