१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेलकाे तयारी पूरा आईतबार एन्फा एकेडेमीमा उद्घाटन



बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असोज २ गतेबाट १३ गतेसम्म हुने भनिएको प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेल स्थान र तालिका परिवर्तन भएको छ ।

लगातारको झरिसंगै राष्ट्रिय खेलकुद परिषदको असोज १० गतेभित्र सक्नुपर्ने नया निर्देशन अनुसार तालिका परिवर्तन गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खबरकुरालाई शनिबार बताए ।

रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ, नेपालगंज, बर्दिया र रोल्पामा आयोजना गर्ने भनिएको प्रतियोगितामा हेरफेर गरिएको उनले बताए । रोल्पामा ११ र १२ गते हुने भनिएको आरटिएफ तेक्वान्दो खेल रुपन्देहीमा भदौ ४ र ५ गते सारिएको उनले बताए । यसैगरि रग्बी खेल गुलरीया बर्दियामा आयोजनाको तयारी भएकोमा परिवर्तन गरि बाकेमा भदौ ११ गते गरिने उनले बताए । अन्य खेलहरु भने तोकिएको स्थान र समयमा हुने उनले बताए ।

प्रतियागिताको उद्घाटन आईतबार बुटवल एन्फा एकेडेमीमा हुने उनले बताए । प्रतियोगिता अन्तरगत पुरुष/महिला फुटबल, महिला भलिबल खेलहरु बुटवल एन्फा एकेडेमीमा भदौ २ देखि ४ गतेसम्म, बुद्धिचाल बुटवलमा २ र ३ गते, तेक्वान्दो, ब्याडमिन्टन खेलहरु भैरहवामा पुरुष÷महिला कबठ्ठी, लनटेनिस, शारीरिक सुगठन, आर्चरी खेल रुपन्देहीमा भदौ २ देखि ३ गते हुने छ । यसैगरि पुरुष भलिबल नवलपरासी तथा सितोरिया कराते कपिलबस्तुमा ४ र ५ गते हुनेछ ।

एथ्लेटिक्स खेल बेलझुण्डी दाङमा, फुलकन्टयाक्ट कराते, टेबलटेनिस, हेण्डबल तुल्सीपुर दाङमा भदौ ६ र ७ गते हुनेछ । यसैगरि बास्केटबल, बक्सिङ, भारोत्तलन, कुस्ती, उसु, जुडो, सुटिंग, पौडी, जिम्न्यास्टिक, पुरुष/महिला हक्की, साइक्लिङ खेलहरु नेपालगंज बाकेमा भदौ ८, ९ र १० गते हुनेछ । यसैगरि सेप्राक्ता ताराताल बर्दियामा १० गते, पुरुष/महिला खोखो भुरिगाउ बर्दियामा १० र ११ गते हुने भएको छ । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागीता रहने छन ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ३ : ५७ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति