२९ भदौ २०८३, सोमबार | September 14, 2026

सालझण्डी फोहोर प्रशोधन क्षेत्रमा जेसिबी लगाएर अवैध उत्खनन



बुटवल । लुम्बिनी साझेदारी बन र अर्घाखाचीको सिमानामा रहेको खोलाबाट अवैध रुपमा खोलाजन्य सामग्री निकासी गर्दै गरेको जेबिभीसहित ३ जनालाई स्थानिय युवाहरुले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका छन ।

सैनामैना नगरपालिकाको सालझण्डी सामुदायिक बन र कंचन सामुदायिक बनको करीब ६.५ किलोमिटर भित्र नगरपालिकाको गौरबको आयोजना फोहोर मैला प्रशोधन केन्द्र निमार्णको तटबन्धन भैरहेको क्षेत्रमा अवैज्ञ रुपमा उत्खननमा लागेका ब्यक्तिहरुलाई स्थानियहरुले पक्रेर प्रहरीलाई जिम्मा लगाएका हुन ।

पक्राउ परेलाई आवश्यक कारवाही अघि बढाउन ढिला भएको स्थानिय बासिन्दा आक्रोसित भएका छन । नगरपालिकाको संरक्षणमा नदी कटान रोक्न गतबर्ष बजेट बिनीयोजन गरि तटबन्द लगाउने कार्य भएको ठाउमा नदि उकासको मिस्कट केही दिनबाट चोरी गरीरहेकोे खबर पाएपछि कन्दरा युवा क्लब र कंचन सामुदायिक बनका युवाहरु मिलेर निगरानी बढाएका कन्चन सामुदायिक बनका पुर्व लक्ष्मण श्रीषले बताए । सोही क्रममा लु २ प ५९४४, लु २ ख ४१८० नम्बरको दुई वटा टिप्पर र लु १ क १८४८ नम्बरको जेसिभीसहित ३ जनालाई पक्रेर प्रहरीलाई जिम्मा लगाईएको उनले बताए ।

कन्दरा युवा क्लबका अध्यक्ष तुल्सीराम पौडेलले प्रहरीबाट कारवाही अघि बढाउन बेवास्ता गरेको बताए । टिपरको माल अपलोड गर्ने, चोरीमा संलग्नलाई कारबाही नगरि ढिलाई गर्ने जस्ता काम भएको उनले दुखेसो गरे ।

यता प्रहरीले भने आवश्यक कारवाही अघि बढाईरहेको बताएको छ । भदौ २६ गते राती १ बजेको समयमा घटेको घटनाको बारेमा स्थानियबाट जानकारी पाए लगतै संलग्नलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।

सोही दिन नै कानुनी प्रक्रिया अनुसार सैनामैना नगरपालिकालाई पत्र पठाई घटनाबारे जानकारी दिएपनि शनिबारमात्र सो घटना भएको स्थान आफनो क्षेत्राधिकारभित्र नपर्ने जानकारी पालिकाबाट आएको उनले बताए । सो खोला सब डिभिजन कार्यालय फायरलाईनको क्षेत्राधिकारमा पर्ने भएकाले त्यही अनुसार अब पक्राउ परेको ब्यक्ति र सवारीलाई पठाउने तयारीमा रहेको उनले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ३३ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका