२१ मंसिर २०८२, आइतबार | December 7, 2025

न्यु होराईजनका निश्चललाई लन टेनिसमा दुई स्वर्ण



बुटवल । काठमाण्डौमा जारी लन टेनिस प्रतियोगितामा बुटवलका निश्चल ज्ञवालीले दुई वटा स्वर्ण चुमेका छन । टेनिस खेलको विकास र बिस्तारको उद्येश्यका साथ टिम टेनिस नेपाल, धापाखेल ललितपुरको आयोजनामा टिम टेनिस नेपाल जुनियर खुल्ला प्रतियोगिता २०७९ को यु–९ र यु–१० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण हात पारेका हुन ।

आईतबार भएको पहिलो खेलमा यु–९ उमेर समुहमा ज्ञवालीले विश्वविशेष डल्लाकोटीलाई ५–३, २–४ र १३–११ को सेटमा पराजित गर्दै उपाधि चुमे । यसैगरि यु–१० उमेर समुहमा पनि ज्ञवालीले दर्लाकोटीलाई १–६, ६–३, १०–५ को सेटमा पराजित गर्दै उनले दोस्रो स्वर्ण चुमेका हुन । ज्ञवाली न्यु होराईजनमा कक्षा ५ मा अध्यरत छन ।

नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणाले देशभरमा लन टेनिसको उमेर समुहका खेलाडी उत्पादन भैरहेको बताए । भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म संचालन भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ उमेर समुह र खुल्ला ईभेन्ट गरि देशभरबाट एक सय बढी खेलाडीहरु सहभागी छन । बुटवल लन टेनिस कोर्टमा हाल विभिन्न उमेर समुहका दुई दर्जन बालबालिकाहरु लन टेनिस प्रशिक्षण लिईरहेका छन ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ४० बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन