२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बाँके र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु



काठमाडौं । मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धीमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

पानी तान्ने मोटरमा जोडेको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ०१ बजे

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट