१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रपति भण्डारीलाई भेटे प्रधानमन्त्री देउवाले, नागरिकता विधेयक के होला ?



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीसँग सरकारको दुरी बढ्दै गएको बेला प्रधानमन्त्री देउवा भेटका लागि राष्ट्रपति निवास पुगेका हुन् । भण्डारीलाई भेट्न जानुअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले बहुचर्चित र बहुविवादित नागरिकता विधेयकलाई प्रमाणिकरण गरेकी छैनन् । राष्ट्रपतिले संविधानअनुसार भोलि मंगलरबारसम्म यो विधेयकलाई जसरी पनि प्रमाणिकरण गर्नुपर्छ । संसद्ले नागरिकता विधेयकलाई दोस्रो पटक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको आज १४ दिन भइसकेको छ ।

यदि राष्ट्रपति भण्डारीले भोलि विधेयक प्रमाणिकरण गरिनन् भने विधेयकको औचित्य समाप्त त हुनेछ तर त्यो भन्दा बढी राष्ट्रपतिले असंवैधानिक कार्य गरेको ठहरिने सत्तारुढ दलले चेतावनी दिँदै आएको छन् । राष्ट्रपति भण्डारीले यसअघि फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले हुबहु पारित गरि पुनः राष्ट्रपतिलाई पठाएका थिए ।

विधेयकमाथि शितलनिवास, सिंहदरबार र नयाँ वानेश्वरबीच राजनीतिकरण चल्दा जन्मसिद्धका सन्तानले नागरिकता पाउने अवसरबाट यसपटक पनि बञ्चित हुनेसंभावना रहेको छ ।

 

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज