९ असार २०८३, मंगलबार | June 24, 2026

राष्ट्रपति भण्डारीलाई भेटे प्रधानमन्त्री देउवाले, नागरिकता विधेयक के होला ?



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीसँग सरकारको दुरी बढ्दै गएको बेला प्रधानमन्त्री देउवा भेटका लागि राष्ट्रपति निवास पुगेका हुन् । भण्डारीलाई भेट्न जानुअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले बहुचर्चित र बहुविवादित नागरिकता विधेयकलाई प्रमाणिकरण गरेकी छैनन् । राष्ट्रपतिले संविधानअनुसार भोलि मंगलरबारसम्म यो विधेयकलाई जसरी पनि प्रमाणिकरण गर्नुपर्छ । संसद्ले नागरिकता विधेयकलाई दोस्रो पटक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको आज १४ दिन भइसकेको छ ।

यदि राष्ट्रपति भण्डारीले भोलि विधेयक प्रमाणिकरण गरिनन् भने विधेयकको औचित्य समाप्त त हुनेछ तर त्यो भन्दा बढी राष्ट्रपतिले असंवैधानिक कार्य गरेको ठहरिने सत्तारुढ दलले चेतावनी दिँदै आएको छन् । राष्ट्रपति भण्डारीले यसअघि फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले हुबहु पारित गरि पुनः राष्ट्रपतिलाई पठाएका थिए ।

विधेयकमाथि शितलनिवास, सिंहदरबार र नयाँ वानेश्वरबीच राजनीतिकरण चल्दा जन्मसिद्धका सन्तानले नागरिकता पाउने अवसरबाट यसपटक पनि बञ्चित हुनेसंभावना रहेको छ ।

 

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : १८ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३