२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता २०७९ : महिला भलिबल, बुद्धिचाल, तेक्वान्दो, कपर्दी खेल सम्पन्न



बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत महिला भलिबल, बुद्धिचाल, तेक्वान्दो र कपर्दी खेल सम्पन्न भएका छन ।

सिद्धेश्वर खेलमैदान सोमबार भएको महिला भलिबलमा रुकुम पुर्व विजयी भएको छ । फाईनल खेलमा रुकुम पुर्वले दाङलाई २-१ को सेटले पराजित गर्दै उपाधि चुमेको छ । यसैगरि खेलमा रुपन्देही तेस्रो भएको छ । रुपन्देहीले बाकेलाई २-० को सेटले पराजित गरेको थियो ।

जिल्ला खेलकुद विकास समिति परिसरमा सम्पन्न तेक्वान्दो खेलमा बाके प्रथम भएको छ । ९ महिला र १० पुरुष कोटाको लागि पुरुष-महिला काता र फाईट खेलमा टिम बाँकेले ९ स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दै प्रथम भएको हो । खेलमा रुपन्देही ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै दोस्रो तथा रोल्पा २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको कार्यक्रम संयोजक राजकुमार पाण्डेले बताए ।

यता योगीकुटी लुम्बिनी फुटसल एरियामा भएको पुरुष/महिला कबठ्ठीमा नवलपरासीले उपाधि जितेको छ । पुरुषतर्फ फाईनल खेलमा नवलपरासीले बाकेलाई ५४-१८ अंकले पराजित गर्दै उपाधि हात परेको हो । खेलमा रोल्पा र रुपन्देही तृतिय भएको छ । महिलातर्फ नवलपरासीले गुल्मीलाई फाईनलमा ३४-२४ अंकले पराजित गर्दै उपाधि हात पारेको छ । खेलमा रुपन्देही र बर्दिया तृतिय भएको छ ।

प्रतियोगिता अन्तरगत पुरुष/महिला फुटबल एन्फा एकेडेमी बुटवलमा दोस्रो दिनको खेलहरु जारी छ । पुरुष फुटबलतर्फ बाके र बर्दिया फाईनलमा स्थान बनाएका छन ।

पहिलो सेमीफाइनलमा बाकेले दाङलाई पेनाल्टीमा शुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान बनायो । यसगरि बर्दियाले नवलपरासी बिचको दोस्रो सेमीफाइनल खेलको निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि सडेन डेथमा बर्दिया ६-५ गोलले विजयी हुदै फाईनलमा पुगेको हो । मंगलबार उपाधिका लागि बाके र बर्दिया बिच फाईनल खेल हुनेछ ।

यसैगरि महिलातर्फ भने अन्तिम चारको टुगो लागेको छ । फाईनल खेलका लागि मंगलबार पहिलो सेमीफाइनल बाके र रुपन्देही तथा दोस्रो सेमीफाईनल खेल गुल्मी र बर्दिया बिच हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ६ टिमले भाग लिईरहेका छन ।

प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असोज २ गतेबाट १० गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेलहरु  रूपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङ, नेपालगंज र बर्दियामा जारी रहने प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई बताए । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागीता रहने छन ।

 

 

 

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ५८ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील