९ असार २०८३, मंगलबार | June 24, 2026

चितवन गोल्डकपको उपाधि आर्मीलाई



भरतपुर । त्रिभुवन आर्मी फुटबल क्लब चितवन गोल्डकपको उपाधि जितेको छ । नारायणगढको क्याम्पा चौरमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीको जीतका लागि सुदील राईले दुवै गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे ।

खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जीत सुनिश्चित गरे । उनी खेलको ‘म्यान अफ दी म्याच’ भए । उनले नगद रु १० हजार प्राप्त गरेका छन् ।

विजेता आर्मीले नगद रु सात लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको एपिएफले तीन लाख ५० हजार प्राप्त गरेको छ । एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने । उनले गोल्डकपभर सात गोल गरेका थिए ।

यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए । उनीहरुले जनही नगद २०-२० हजार प्राप्त गरे । भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ‘ए’ डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०४ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३