२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काभ्रेमा चाडवाड लक्षित महोत्सवको आयोजना



काभ्रेपलाञ्चोक । नेपालीको महान् चाड दशैँको पूर्वसन्ध्यामा काभ्रेपलाञ्चोकका दुई स्थानमा महोत्सवको आयोजना गरिएको छ । जिल्लाको मुख्य व्यापारिक सहर बनेपा र कृषि सहर पाँचखालमा महोत्सव सुरु गरिएको हो ।

काभ्रे उद्योग वाणिज्य सङ्घले नेपालीको महान् पर्व दशैँका अवसरमा बनेपामा आयोजना गरेको पाँचौँ काभ्रे महोत्सवमा परम्परागत कला-संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रवद्र्धन गरिने जनाएको छ । ‘व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने नाराका साथ आयोजित महोत्सवको बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले सोमबार उद्घाटन गरेका हुन ।

यही असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, कृषि, घरेलु, उद्योग, विभिन्न प्रकारका लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री सहुलियत मूल्यमा बिक्रीका लागि राखिएको सङ्घका महासचिव रवीन्द्र बैदारले जानकारी दिए ।

यस्तै महोत्सवमा मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, ड्रागन, नाउ, मिनी बञ्जीजम्प, वाटर बल्ब, मिकी माउस, टेम्पोलिङ्ग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक हाँस्यव्यङ्ग्य तथा गीत-नृत्यको प्रस्तुति हुनेछ । एक सयभन्दा धेरै स्टल राखिएको महोत्सव अवधिभर ५० हजारले अवलोकन गर्ने तथा रु ५० लाख कारोबार हुने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।

त्यस्तै पाँचखाल युनाइटेड फुटबल एशोसिएशन ९पुफा०ले ‘कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला’ भन्ने मूल नाराका साथ पाँचखालमा आयोजना गरिएको तेस्रो महोत्सवमा स्थानीय दनुवार समुदायको भाषा र संस्कृति झकल्ने स्टल, परम्परागत कला-संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनार्थ क्रियाकलाप गरिने जनाइएको छ ।

यही असोज १६ गतेसम्म सञ्चालन हुने पाँचखाल महोत्सवमा फुटबल प्रतियोगिता, अग्र्यानिक कृषि प्रदर्शनी, स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रवद्र्धनका स्टल, बाल मनोरञ्जनात्मक गतिविधि, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : २६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष