३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

याङ्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु



काठमाडौं । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौं उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ ।

सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप विच्छ्याउन थालिएको हो ।

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले जानकारी दिएकाछन्।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म एक हजार ८०० मिलिमिटरको पाइप विच्छ्याइने छ । साँढे दुई किलोमिटर भन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने एक हजार ६०० मिलिमिटरको पाइप विच्छ्याइने छ । याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप विच्छ्याइएको उनले बताए ।

वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप विच्छ्याउन थालिसकेको छ ।

हवास उई कङ्काई कम्पनी जेभीले पाइप विच्छ्याउने कामको ठेक्का पाएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । रु दुई अर्ब ८८ करोडको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए । सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप विच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप विच्छ्याइनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ५७ बजे

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन

देशभरका सुकुम्बासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग (फोटो फिचरसहित)

बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण