९ असार २०८३, मंगलबार | June 24, 2026

पाकिस्तानका प्रधानमन्त्री सरिफले शुक्रबार राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने



संयुक्त राष्ट्र संघको ७७ औँ महासभामा पाकिस्तानको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शहबाज सरिफ लण्डनबाट न्यूयोर्क पुगेका छन् ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री सरिफले अन्य देशका नेताहरुसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सरिफ आज संयुक्त राष्ट्रसंघका महासचिवको स्वागत समारोहमा सहभागी हुनुका साथै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि भेट गर्ने कार्यतालिका रहेको पाकिस्तानी विदेशमन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री सरिफले शुक्रबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

न्यूयोकमा शहबाज सरिफले अस्ट्रियाका चान्सलर र स्पेनका राष्ट्रपतिसँग पनि भेट गर्नेछन् । उनले युरोपियन युनियन काउन्सिलका अध्यक्ष चार्ल्स माइकलसँग भेट गर्नेछन्।

प्रधानमन्त्री सरिफले विश्व खाद्य सुरक्षा शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् ।
सेहबाज सरिफले भोलि (बुधवार) अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैंकका अध्यक्ष डेभिड मिल्ससँग भेट गर्नेछन्।

यस्तै, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका अलावा सरिफले इरानका राष्ट्रपति सैयद इब्राहिम रायसीसँग पनि द्विपक्षीय भेट गर्नेछन्।

उनले बुधबार टर्कीका राष्ट्रपति र उनकी पत्नीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्रीको अन्य संलग्नतामा मलेसियाका प्रधानमन्त्री इमेल साब्री याकूब, संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नोबेल पुरस्कार विजेता मलाला युसुफजाईसँग भेटघाट हुनेछ ।

शहबाज सरिफले चीन, जापान र लक्जेम्बर्गका प्रधानमन्त्रीहरूसँग पनि भेट गर्नेछन्।

अमेरिकामा रहँदा शहबाज सरिफले विभिन्न प्रसिद्ध अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ५८ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३