३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

व्यवसायीले नियन्त्रणमा लिए दुई हजार किलो भारतीय माछा, रुपन्देहीको राधिका मत्स्य फर्मको नक्कली बिल भेटियो



चितवन । मत्स्य व्यवसायीले आज पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा आज नष्ट गरिएको हो । पछिल्लो केहि दिन यता भारतीय माछा नियन्त्रणमा मत्स्य व्यवसायीहरु आक्रामक बनेका छन् ।

आज बिहान लु २ च ६८५८ नम्बरको बोलेरोमा ५० कार्टुनमा ल्याइएको रहु र पंगास जातका भारतीय माछा व्यवासायीले नियन्त्रणमा लिएको हुन् । भारतीय माछाको रुपन्देहीको राधिका मत्स्य फर्मको नाममा किर्ते भेटेरिनरी प्रमाण पत्र बनाएर भन्सार छली गरी अवैध रुपमा काठमाडौं लैजान थालिएको अवस्थामा नियन्त्रणमा लिईएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

नवलपरासीको रामग्राम नगरपालिका–४ का अनिल केवटले राधिका मत्स्य फर्मको नाममा चार लाख ५४ हजार रुपैयाँको बिल बनाएर अवैध रुपमा माछा ल्याएको पाईएको हो । हिजो (सोमबार) पनि व्यवसायीले ६२० केजी भारतीय माछा नियन्त्रणमा लिएर नष्ट गरेका थिए । मस्त्य व्यवसायीले हेटौंडा र सिन्धुलीबाट नियन्त्रणमा लिएको माछा पनि आज नष्ट गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ३३ बजे

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन