८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता : पुरुष भलिबलमा कपिलबस्तु, नवलपरासी, प्युठान र रुपन्देहीको विजयी शुरुवात



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।

एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । राष्ट्रिय खेल भलिबल र युवा खेलाडी उत्पादनका लागि सरकार प्राथमिकता दिएर पुर्वाधार र दक्षता वृद्धिका लागि बजेट बिनियोजन गरेको उनले दाबी गरे ।

सुनवलस्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा कपिलबस्तुले दाङलाई २-१ अंकले पराजित गरेको छ । यसैगरि नवलपरासीले अर्घाखाचीलाई २-०, रुकुम पुर्वले बर्दियालाई २-०, प्युठानले बाकेलाई २-० तथा रुपन्देहीले कपिलबस्तुलाई २-० पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । पाल्पा र नवलपरासी बिच भएको छैटौ खेल भने खराब मौसमका कारण स्थगित भएको भलिबल खेल संयोजक अर्जुन घिमिरेले बताए ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ३८ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले