२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

म्यानमार सेनाले विद्यालयमा गोली चलाउँदा १३ जनाको मृत्यु



यांगुन । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ ।

आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ। सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो ।

विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।

गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन्। आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ ।

केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा बिद्यालय भवनमा गोलीका खोका देखिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : १७ बजे

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट