४ पुस २०८२, शुक्रबार | December 20, 2025

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम गाँजासहित सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे. १ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

दैलेखको नारायण नगरपालिका–१ टुडिखेलबाट २९० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका–२ कुसाडा बस्ने ३० वर्षीय रोबट सिजापतीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट करिब ३ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय ईन्द्र धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ कालिका मन्दिर नजिकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय मोहम्मद सुहिल लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित भिनिला रेष्टुरेन्टको पछाडी रहेको कटेजमा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको