१८ माघ २०८२, आइतबार | February 1, 2026

राष्ट्रपतिले निरपराध नागरिकको जीवनमाथि खेलबाड गरिन्



एकलाख भुटानी शरणार्थी २०-३० वर्ष बस्दा पनि एकजना भुटानीले नागरिकता पाएनन् । यो विधेयक पारित भयो भने भारत, चिन, भुटान, रोहिङ्ग्याले पाउँछन् भनेर अनर्गल प्रचार गरिदैछ । तिनीहरुले पाएका छैनन् । पाउँदैनन्। पाउनु हुँदैन ।

२०६३ पछि तपाई हामीले गरेको देशभक्तिपूर्ण खबरदारीले एकजना विदेशीले पनि नागरिकता पाएका छैनन् । बरु बाबु आमाले जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकहरुका लाखौं सन्तानले (विशेषतः मधेसमा बढी) नागरिकता नपाएर तड्पिएका छन् । उनीहरुलाई नागरिकताविहीन बनाएर ठाडै सुकाएर मार्ने काम हुँदैछ । यसमा राष्ट्रपतिले गल्ती गरिन् ।

 

के यही हो राष्ट्रवाद ?
हाम्रा छोरीहरु विवाह गरेर भारत जाने भारतबाट विवाह गरेर नेपाल आउनेहरु लगभग बराबर छन्। भारतमा विहा गरेर जाँदा विवाह दर्ताका आधारमा तुरुन्त रासन कार्ड, आधारकार्ड पाउँछन् । सरकारी सुविधाबाट रोकिदैनन् । यहाँ भारतबाट आउने चेलीहरुलाई त्यस्तो सुविधा छैन । कथित राष्ट्रवादीहरुबाट उनीहरुलाई ठाडै सुकाएर मार्ने गरी बहस सोझिएको छ ।

वास्तवमा ७ वर्ष ओैषत जीवनको दशभागको एक भाग हो । यो अत्युर्बर र सिर्जनशील उमेर हो । यही बेलामा व्यवसाय, उद्योग, नोकरी गर्ने उमेर हो । यो बेलामा नागरिकता नपाए पनि बैकल्पिक उपाय चाहिन्थ्यो । कथित क्रान्तिकारीले वैकल्पिक उपायतिर सोंच्दैनन् । श्याम वर्णमा नेपाली राष्ट्रियता नदेख्ने वर्णभेदवादीहरुका चर्का हुइँयमा मधेसलगायत धेरैले दुःख पाए।

संविधानले तिनीहरुलाई विशिष्ट पद प्रधानमन्त्री, राष्ट्रपति, प्रधानन्यायाधीश, प्रधान सेनापति, प्रहरी प्रमुख, सभामुख, उपसभामुख, मुख्यमन्त्री प्रदेश प्रमुखमा जान रोकेको छ । यो प्रावधान नै राष्ट्रियता संरक्षणको लागि पर्याप्त छ ।

अन्धराष्ट्रवादीहरुको एकहोरो सुगा रटाई छ । जबर्जस्त छ । के कति कसरी पाए भन्दा एउटा उदाहरण दिन सक्दैनन् । प्रमाणविहीनतर्क गरिरहेका छन् । पछि पाउँछन् भनेर हल्ला चलाएका छन् ।

अल्पसङख्यक यौनिक समुदायका नागरिकहरुले म यो लिङगको हुँ भनेर स्वघोषणा गर्न पाउने अधिकार दिनु राष्ट्रघात हो ? नेपालबाट विदेशमा गएकाहरुले (सार्क राष्ट्रबाहेक) ले नेपाली नागरिकता पाएर नेपालमा लगानी गरी समृद्धि ल्याउँछु भन्नु राष्ट्रघात हो ? संविधान अनुसार जन्मसिद्ध नागरिकहरुका सन्तानले नागरिकता पाउनु राष्ट्रघात हो ? विवाह गरेर आएकी चेलीले निश्चित प्रक्रियाका आधारमा नागरिकता पाउनु राष्ट्रघात हो ?

सङकीर्ण राष्ट्रवादको कठघराभित्र जडताको जहरले कठाङ्ग्रिएका क्रान्तिकारीहरुका डम्फू धेरै बजे । कर्णालीमा धेरै पानी बग्यो । अब यस्तो डम्फू बजाउने काम छोडौँ । राष्ट्र जनताको लागि, जनताले, जनताद्वारा बनाएको हो । उनका प्रतिनिधिले बनाएको कानुन राष्ट्रपतिले प्रमाणीकरण नगरी संविधानको भावनामाथि प्रहार गरेकी छन् ।

नेपालको सरहदभित्र सबै वर्ग र समुदाय अटाउने देखिने र जोडिने गरी व्यवस्थित र बलियो समाज बनाउन अबेर भइसक्यो । राष्ट्रपतिले उग्र र अति राष्ट्रवादीका चर्का नारा अनर्गल प्रचारमा अल्झिएर नेपाली जनताको देशभक्तिपूर्ण संवेदनशील दिल र दिमागमा जबर्जस्त थप शङ्का उमारिदिएर निरपराध नागरिक माथि अक्ष्यम्म अपराध गरिन् । साझा राष्ट्रपति बन्नबाट चुकिन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ५७ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि