२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सत्ता गठबन्धनको निस्कर्ष : राष्ट्रपतिले संविधान उल्लंघन गरिन, संसदको घोर अपमान गरिन



काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपतिले संविधान उल्लंघन गरेको निस्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरेको निस्कर्ष निकालेको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको जनाएको छ ।

संघीय संसदका दुबै सदनले पारित गरेर प्रमाणिकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले दोस्रोपटक १५ दिनसम्म होल्ड गरेर मंगलबार मध्यरातमा वेवारिसे बनाइदिएकी थिइन ।

गत साउन २९ गते राष्ट्रपतिले विधेयकलाई १५ दिन नै होल्ड गरेर पहिलोपटक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन । त्यतिबेला संवैधानिक रुपमै विधेयक फिर्ता पठाए पनि संसदले दोस्रो पटक पारित गरेको विधेयकलाई भण्डारीले प्रमाणिकरण नगरेर वेरासिसे बनाइदिएकी हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले भदौ २० गते दोस्रो पटक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई विधेयक पठाएका थिए । संविधानअनुसार हिजो असोज ४ गते राति १२ बजेसम्म राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नैपथ्र्यो । तर उनले प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेको सत्तारुढ गठबन्धनले आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : ५१ बजे

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद