१ पुस २०८२, मंगलबार | December 17, 2025

संविधानको संरक्षकबाटै संविधानको संरक्षण र पालना हुननसक्नु दु:खद : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

उपराष्ट्रपति पुनले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । पुनले संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको जिकिर गर्दै संविधानको प्रमुख सरक्षक र पालकबाट सचेतनापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेकोमा दुःख समेत व्यक्त गरेका छन् ।

पुनले भनेका छन्, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ।’

‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’ पुनले विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

उपराष्ट्रपति पुनले संविधान दिवसमा गरेको प्रतिवद्धतालाई स्मरण गर्दै संविधानको पालना र संरक्षणका लागि सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष