४ आश्विन २०८३, आइतबार | September 20, 2026

संविधानको संरक्षकबाटै संविधानको संरक्षण र पालना हुननसक्नु दु:खद : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

उपराष्ट्रपति पुनले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । पुनले संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको जिकिर गर्दै संविधानको प्रमुख सरक्षक र पालकबाट सचेतनापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेकोमा दुःख समेत व्यक्त गरेका छन् ।

पुनले भनेका छन्, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ।’

‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’ पुनले विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

उपराष्ट्रपति पुनले संविधान दिवसमा गरेको प्रतिवद्धतालाई स्मरण गर्दै संविधानको पालना र संरक्षणका लागि सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३२ बजे

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान