५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि धादिङको गजुरी तनाबग्रस्त



धादिङ । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दाले प्रदर्शन गरेका छन् ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको थियो । ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि ठूलो संख्यामा उपस्थित भएका आक्रोशित स्थानीय बासिन्दा र विद्यार्थीले गजुरी बजार क्षेत्रमा प्रदर्शन गरेका छन् भने ठक्कर दिने बसलाई आगजनी गरेका छन् ।

राजमार्गमा भएको प्रदर्शनका कारण दुवैतर्फबाट आएका सवारी साधन गजुरीमै रोकिन बाध्य भएका छन् । प्रदर्शनका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ०३ बजे

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी