२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

लुम्बिनी विकास कोषका पदाधिकारीद्धारा देवदहका पुरातात्विक क्षेत्रको अवलोकन

भवानीपुरमा संग्राहालय स्थापना गरिने



बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलिले बुद्ध मावली देवदहका पुरातात्विक स्थलहरुको अवलोकन गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा देवदहको भवानीपुर, कन्यामाई बडिमाई, र तिनपा ११ को पुरातात्विक कुमारवर्ति क्षेत्रको अवलोकन गरिएको हो ।

अवलोकनका क्रममा कोषको चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमको कार्यन्वयनका सन्दर्भमा देवदह क्षेत्रको पुरातात्विक क्षेत्रहरुको अवलोकन गरी जनप्रतिनिधी र समाजसेवी सर्वसाधारणसंग पृष्ठपोषण लिइएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए । देवदह ४ स्थित भवानीपुरमा वडाअध्यक्षहरु, वडा सचिव सहितको भेलालाई कोषको कार्यक्रमबारे कोषाध्यक्ष भटराईले जानकारी दिए ।

कोषले चालु आवमा भवानीपूरलाई मायाँदेवी पार्कको रुपमा अघि बढाउन देवदहका सबै एतिहासिक ठाउँमा जाने गरी बिकास गर्ने कोषाध्यक्ष भट्टराईले बताए । भवानीपुर देवदह संग्रालय सञ्चालन गर्ने, बैरीमाई कन्यामाईको संरक्षण पर्खालको कामलाई यसबर्ष पनि निरन्तरता दिएर अघि बढाउने, देवदह-९ खयरडाँडामा उत्खनन कार्य शुरु गर्ने कार्यक्रम रहेको स्पष्ट पार्दै स्थानिय तहबाट सहयोग र सहकार्यका लागि कोषाध्यक्ष भट्टराईको आग्रह छ ।

कोषाध्यक्ष भटराईले यसअघि तिलोत्तमा नगरपालिका ११मा रहेको कुमारवर्ति मन्दिरको अवलोकन गर्दै यसमन्दीरको उत्खननका लागि पहल गर्ने बचनवद्धता व्यक्त गर्दै भुपु सैनिक क्षेत्रमा बुद्धले कुलोपानि विवाद समाधान गरेको स्मारक सहितको सुन्दर पार्क निर्माण गरी रोहीणी नदीसंग लुम्बिनी आउने पर्यटकहरुलाई अजोड्ने योजना रहेको बताए ।

अवलोकनमा योजना प्रमुख सरोज भट्टराइले कोषले देवदह क्षेत्रमा गर्न खोजेका कार्यक्रमलाई कसरी सम्पन्न गर्ने भन्नेबारेमा जानकारी दिए । त्यसैगरि पुरातत्वीक पुरातत्व प्रमुख हिमाल उप्रेतिले पुरातात्विक क्षेत्रको महत्व र यसको उत्खननका सन्दर्भमा जानकारी गराएका थिए ।

अवलोकनका क्रममा तिनपा ११ का वडा अध्यक्ष बिष्णु बराल, देवदह ४ र ९ का वडा अध्यक्षहरु दमन रेग्मी र मोहन जिसी तथा वडा सचिवहरुले आ आफनो धारणा राखेका थिए । कोषका पदाधिकारीहरुले विहिबार अवलोकन गर्दै पुरातात्विक क्षेत्रहरुको बारेमा छलफल गरिएको कोषका देवदह सम्पर्क कार्यलयका कर्मचारी दामोदर सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : ३६ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र