३२ जेष्ठ २०८१, शुक्रबार | June 14, 2024

राष्ट्रपतिले जानिबुझि संविधान मिचेको प्रचण्डको आरोप



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिद्वारा जानिबुझी संविधान मिचिएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संधिवानको प्रमुख संरक्षकबाटै जानिबुझीकन संविधान मिचिएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

प्रचण्डले संरक्षकबाट नै जानीबुझी संविधान मिच्नु सामान्य कुरा नभएको जिकिर गरे । नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान र परिवर्तनमाथि प्रहार गरेको आरोप लगाए । उनले भने, ‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरूले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणिकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरू भइराखेका छन् । सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरू अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडि बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।’

उनले गतवर्षदेखिनै देशमा प्रतिगमनको षड्यन्त्र सुरु भएको बताउँदै त्यस्तो प्रतिगमनलाई परास्त गर्न हरसमय सतर्क बन्नुपर्ने बताए । सतर्कता गुमाए जुनसुकै बेला पनि अझ गम्भीर प्रतिगमन हुने उनले दाबी गरे । प्रचण्डले भने ‘म भन्न चाहन्छु कुरा धेरै नै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ । त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ । हामीले आफ्नो सतर्कता गुमायौं भने, हामीले हामीभित्रको एकतालाई कमजोर हुन दियौं भने, हामीले आम किसानहरू, मजदुरहरू, सुकुम्वासीहरू, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौं भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ ।’

 

 

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ४३ बजे

उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

काठमाडौं । काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन

पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) को

प्रीमो एजुकेसनको ब्राण्ड एम्बेसडरमा नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी देव खनाल नियुक्त

बुटवल । प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा नेपाली

बकर ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम

गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटा पदमुक्त

काठमाडौं । फ्लोर क्रस गर्ने गण्डकी प्रदेशसभा सदस्य फडिन्द्र देवकोटा