१० असार २०८३, बुधबार | June 24, 2026

राष्ट्रपतिले जानिबुझि संविधान मिचेको प्रचण्डको आरोप



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिद्वारा जानिबुझी संविधान मिचिएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संधिवानको प्रमुख संरक्षकबाटै जानिबुझीकन संविधान मिचिएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

प्रचण्डले संरक्षकबाट नै जानीबुझी संविधान मिच्नु सामान्य कुरा नभएको जिकिर गरे । नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान र परिवर्तनमाथि प्रहार गरेको आरोप लगाए । उनले भने, ‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरूले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणिकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरू भइराखेका छन् । सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरू अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडि बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।’

उनले गतवर्षदेखिनै देशमा प्रतिगमनको षड्यन्त्र सुरु भएको बताउँदै त्यस्तो प्रतिगमनलाई परास्त गर्न हरसमय सतर्क बन्नुपर्ने बताए । सतर्कता गुमाए जुनसुकै बेला पनि अझ गम्भीर प्रतिगमन हुने उनले दाबी गरे । प्रचण्डले भने ‘म भन्न चाहन्छु कुरा धेरै नै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ । त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ । हामीले आफ्नो सतर्कता गुमायौं भने, हामीले हामीभित्रको एकतालाई कमजोर हुन दियौं भने, हामीले आम किसानहरू, मजदुरहरू, सुकुम्वासीहरू, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौं भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ ।’

 

 

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ४३ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा