३१ भदौ २०८३, बुधबार | September 16, 2026

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित



काठमाडौं । पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ ।

कराँचीमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो । यो सँगै सात टि २० आई खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ ।

इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो । पाकिस्तानका शान मसुद ४० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे । खुशदील शाह र मसुदले ३८ बलमा ६२ रनको साझेदारी गरे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्यान्डका लागि मार्क उडले ३ तथा आदिल रसिद २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १-१ विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।

इंग्ल्यान्डका २३ वर्षीय युवा ब्याटर ह्यारी ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनमा अविजित रहे । विल ज्याक्सले २२ बलमा ४० रन तथा डेभिड मलानले १४ रन बनाए ।

पाकिस्तानका स्पिनर उस्मान कादिरले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ३९ बजे

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा