७ पुस २०८२, सोमबार | December 22, 2025

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित



काठमाडौं । पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ ।

कराँचीमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो । यो सँगै सात टि २० आई खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ ।

इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो । पाकिस्तानका शान मसुद ४० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे । खुशदील शाह र मसुदले ३८ बलमा ६२ रनको साझेदारी गरे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्यान्डका लागि मार्क उडले ३ तथा आदिल रसिद २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १-१ विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।

इंग्ल्यान्डका २३ वर्षीय युवा ब्याटर ह्यारी ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनमा अविजित रहे । विल ज्याक्सले २२ बलमा ४० रन तथा डेभिड मलानले १४ रन बनाए ।

पाकिस्तानका स्पिनर उस्मान कादिरले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ३९ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि