८ चैत्र २०८२, आइतबार | March 22, 2026

स्याउको उचित मूल्य नपाएको किसानको गुनासो



जुम्ला । जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेपनि बजारमा उचित मूल्य पाउन सकेको छैन । यहाँको पातारासी गाउँपालिका–६ का मुनबहादुर बुढाले यो वर्ष झण्डै पाँच टन स्याउ उत्पादन भएको बताए ।

बारीको स्याउले रु ५० भन्दा बढी प्रतिकिलो मूल्य पाउन नसकेको उनले बताए । स्याउ गतवर्ष भन्दा यो वर्ष राम्रो फलेको छ । बजारमा मूल्य छैन बारीमा झण्डै तीन सय स्याउका बिरुवामा फल लागेको छ ।

करिब १० क्वीन्टल स्याउ त प्रतिकेजी रु २० मा बेचेको उनको भनाइ छ । जुम्लामा राम्रै स्याउ फलेपनि उचित बजार नपाएको किसानको गुनासो छ । यो याममा सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौं, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ ।

किसान रतन रावतले भने, “वर्षेनी स्याउको बजार खोज्नुपर्छ । सरकारले स्याउ उत्पादन मात्र गर भन्छ । बजारीकरणमा सहयोग गर्दैन ।” जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १५ पछि मात्र स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो । किसानले साउनमै काँचो स्याउ बजारमा लगेपछि जुम्ली स्याउको बजार खस्केको स्थानीय स्याउ व्यापारी बताउँछन् ।

स्याउमा लागेको रोग कीरा नियन्त्रण, बगैँचा व्यवस्थापन, गुणस्तरीय स्याउ उत्पादनदेखि बजारसम्मको अवस्थाको गहन अध्ययन हुनुपर्ने स्याउ किसान अर्जुन न्यौपानेको भनाइ छ । स्याउको उचित रेखदेख नगर्नु र गुणस्तरीय उत्पादन गर्न नसक्नु किसानको समस्या भए पनि रोग कीरा नियन्त्रणको काम कृषि प्राविधिकको भएको स्थानीयवासी धनबहादुर थापाले जानकारी दिए ।

स्याउ सुपरजोनका बागवानी अधिकृत विवशकुमार रोकायाले स्याउमा लागेको रोग नियन्त्रणमा कार्यालय लागेकोे जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर चार हजार दुई सय हेक्टरमा स्याउ खेती हुने गरेको छ । यो पटक १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ । स्याउबाट चालु आवमा झण्डै रु ५० करोड आम्दानी हुने कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जुम्ली स्याउको बजारीकरणका लागी स्याउ महोत्सव भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ५५ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ