२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

आफ्नै बारीको स्याउ बेच्न नेपालगन्ज पुग्छन् जुम्लाका किसान महिला



नेपालगन्ज । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।

भदौको २६ गतेदेखि उनलाई नेपालगन्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो । किलोको रु एकसय दशदेखि रु एकसय ४०सम्म जुम्लाको हावापानीमा फलेको स्याउ खरिद गर्न बिहानैदेखि नेपालगन्जको धम्बौझीमा ग्राहक भेटिन्छन् ।

बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले कर्मकन्या नेपालगन्ज्को धम्बोझी चोकमा कार्टुनमा स्याउ बिक्री गर्न बस्छिन् । बिहानदेखि बेलुकासम्म स्याउ बिक्री हुने भएकाले आफूले खाना पनि ग्राहक नआएका बखत मेसो मिलाएर खाने गरेको उनी बताउँछिन् ।

“बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुङ्गो हुँदैन । ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु ।” कर्मकन्या भन्छिन् । असोजको दोस्रो हप्तासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताएकी उनी अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएको पनि बताइन् ।

अहिलेसम्म २० कार्टनु स्याउ बिक्री गरी सकेकी कर्मकन्या स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको जानकारी दिइन् । “स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन । यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु । नाफा घाटाको हिसाब असोजको दोस्रो हप्तामा गर्ने हो ।” उनले भनिन् ।

कर्मकन्याजस्तै सोही गाउँपालिका–६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेलालगन्ज झरेकी हुन्। उनी भदौको २५ गते तीनसय त्रिचालिस पेटी स्याउ लिएर नेपालगन्ज आएकी हुन् । हालसम्म तीनसय तीन पेटी स्याउ बिक्री गरी सकेको राजकन्या बताउँछिन् ।

एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छन्। अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना रहेको जानकारी दिँदै राजकन्याले पनि स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बताउँछिन् ।

यो समयमा नेपालगन्जको मुख्य चोक धम्बोझी, कारकाँदो, सेतु विक, पुप्पलाल, गणेशमान, बसपार्कलगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन् । जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : १३ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको