१० असार २०८३, बुधबार | June 24, 2026

आफ्नै बारीको स्याउ बेच्न नेपालगन्ज पुग्छन् जुम्लाका किसान महिला



नेपालगन्ज । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।

भदौको २६ गतेदेखि उनलाई नेपालगन्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो । किलोको रु एकसय दशदेखि रु एकसय ४०सम्म जुम्लाको हावापानीमा फलेको स्याउ खरिद गर्न बिहानैदेखि नेपालगन्जको धम्बौझीमा ग्राहक भेटिन्छन् ।

बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले कर्मकन्या नेपालगन्ज्को धम्बोझी चोकमा कार्टुनमा स्याउ बिक्री गर्न बस्छिन् । बिहानदेखि बेलुकासम्म स्याउ बिक्री हुने भएकाले आफूले खाना पनि ग्राहक नआएका बखत मेसो मिलाएर खाने गरेको उनी बताउँछिन् ।

“बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुङ्गो हुँदैन । ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु ।” कर्मकन्या भन्छिन् । असोजको दोस्रो हप्तासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताएकी उनी अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएको पनि बताइन् ।

अहिलेसम्म २० कार्टनु स्याउ बिक्री गरी सकेकी कर्मकन्या स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको जानकारी दिइन् । “स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन । यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु । नाफा घाटाको हिसाब असोजको दोस्रो हप्तामा गर्ने हो ।” उनले भनिन् ।

कर्मकन्याजस्तै सोही गाउँपालिका–६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेलालगन्ज झरेकी हुन्। उनी भदौको २५ गते तीनसय त्रिचालिस पेटी स्याउ लिएर नेपालगन्ज आएकी हुन् । हालसम्म तीनसय तीन पेटी स्याउ बिक्री गरी सकेको राजकन्या बताउँछिन् ।

एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छन्। अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना रहेको जानकारी दिँदै राजकन्याले पनि स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बताउँछिन् ।

यो समयमा नेपालगन्जको मुख्य चोक धम्बोझी, कारकाँदो, सेतु विक, पुप्पलाल, गणेशमान, बसपार्कलगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन् । जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : १३ बजे

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका