४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘गडफादर’मा सलमानको निःशुल्क केमियो



मुम्बई । मेगास्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ मा बलिउड स्टार सलमान खान पनि देखिँदैछन् । सलमान यो फिल्ममा केमियो भूमिकामा छन् ।

उनी चिरञ्जीवीको क्राइम पार्टनर चरित्रमा देखिँदैछन् । हालैमात्र फिल्मको गीत ‘थर मर ठक्कर मारु’ रिलिज भयो । यो गीतमा चिरञ्जीवीसँग सलमानले ठुम्का लगाएका छन् ।

चिरञ्जीवीले यो फिल्मका लागि सलमानले कुनै पनि पारिश्रमिक नलिएको खुलाएका छन् । उनले फिल्मको पारिश्रमिकका लागि भन्दा पनि दर्शकको माया पाउन फिल्मको हिस्सा लिएको दाबी गरेका छन् ।

‘सलमानले बिना पैसा फिल्ममा काम गरेका हुन् । उनले फ्यानको माया पाउनका लागि मात्र फिल्ममा काम गरेका हुन् । सलमान भाईलाई मेरो सलाम छ । हामी तपाईंलाई माया गर्छौ’, चिरञ्जीवीले भनेका छन् ।

तमिल भाषामा बनिरहेको यो फिल्म मलयालम फिल्म ‘लुसिफर’ को रिमेक हो । फिल्मका निर्देशक राजा मोहन हुन् । फिल्ममा नयनतारा र सत्यदेवको पनि अभिनय छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको