२८ पुस २०८२, सोमबार | January 12, 2026

सहरको अस्पतालमा छैन नेटवर्क


८ आश्विन २०७९, शनिबार  

117
Shares

अत्तरिया । सुन्दा अच्चम लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर । सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदवरीमै उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन ।

अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन् । अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ ।

अस्पतालका कार्यालय प्रमुख डा अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउँछन । अन्य कर्मचारीको गुनसो छ, “जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ”, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ ।

अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउछन । नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्छन, “अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क टावर भएकाले समस्या भएको हुनसक्छ । उनी थप्छन, “कार्यालयभित्र के को समस्या हो पत्ता लगाई छिट्टै समस्या समाधान गरिने भएको छ ।”

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : १८ बजे

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह

नेपालगन्ज । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई

बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को