३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन



हुम्ला । कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ । कर्णाली प्रर्देश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो ।

यसअघि २०७६।७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए । तर, आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसँग मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो ।

उक्त रिट दायरपछि उच्च अदालतले कुनै पनि संस्थाहरु आ आफ्नो क्षेत्रधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र यनिहरु छुट्टा छुट्टै भएर काम गर्न दिनु पर्ने भन्दै फैसला गरेपछि उक्त संस्थाहरु फरक फरक भएर काम गर्दै आएका थिए ।

तर, गत भदौ १९ गते पुनः प्रदेश सरकारको मर्ज हुने निर्णय प्रति आयुर्वेद स्वास्थ्य संस्थाको ध्याानार्कषण भएको छ । उक्त निर्णयको विरोध जनाउँदै शुक्रबार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका कर्मचारीले एउटा हातमा कालो पट्टी बाधेर घोर विरोध प्रदर्शन गरेका हुन् ।

यता आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्ण चन्द जोशीले स्वास्थ्य जस्तो सम्वदेनशील क्षेत्रलाई सँगै गास्नु सरकारको मुर्खता भएको दाबी गरे ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : १२ बजे

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा