४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

विश्व पर्यटन दिवस : विदेशी पर्यटकलाई हाेटलमा ६ महिनासम्म २० % छुट



भैरहवा । पर्यटन व्यवसायीले ४३ औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोसणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् ।

सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मुल समारोह समितिले गरेको छलफल तथा पत्रकार सम्मेलनमा आयोजकले योवजनाबारे जानकारी गराएको हुन् । कोभिडले शून्य अवस्थामा पुगेको पर्यटनलाई याे छुटले राहत मिल्ने विश्वस लिइएकाे छ ।

लुम्बिनी प्रदेश पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको ठाँउ हो । स्थलमार्ग भएर आउने सबैभन्दा बढी पर्यटक रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने भएकोले सोहीलाई क्षेत्रललाई मध्येनजर गर्दै पर्यटन उत्थानका लागि विशेष छुट दिन लागिएको हो ।

‘पर्यटनको लागि पुनर्विचार’ गरौं भन्ने मूल नाराका साथ २७ सेप्टेम्बरमा मनाउन लागिएको विशेष कार्यक्रमका लागि विदेशी पर्यटकलाई विशेष अफर दिन लागिएको विश्व पर्यटन दिवस मूल समारोह समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए । पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाईमा पर्यटन क्षेत्रसँग सम्वद्ध विभिन्न संघसंस्थाको सहकार्यमा त्यस्तो प्याकेजको घोषणा गरिएको हाे ।

दिवसको अवसरमा ११ असोजमा स्थलमार्ग हुदै भित्रिने बेलहियाका दुई जना र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा पहिले आउने विदेशी चारजना गरी ६ जना पर्यटकलाई सम्मान गर्ने र उनीहरूलाई सोही दिन तारे होटलमा आवास, खाना र पर्यटकीय गन्तब्यमा घुम्नको लागि गाडीको नि:शुल्क व्यवस्था गरिएको बताए । अन्य विदेशी पर्यटकको हकमा भने २० प्रतिशत छुट ६ महिनासम्म लागु रहने उनले भने ।

पर्यटनको लागि पुनर्विचार गरौ (रिथिंङकीङ टुरिजम) भन्ने अभियानका साथ विश्वभर यसवर्ष २७ सेप्टेम्बर अर्थात आगामी ११ असोजमा विश्व पर्यटन दिवस मनाउन थालिएको हो । सोहीअनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले बताए ।

ग्रामिण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले लुम्बिनी प्रदेश सरकारले पर्यटकहरुलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्ने बताए । भारत र नेपालका कतिपय संस्कृति मिल्ने भएकाले पनि दुई देशका पर्यटक आवागमनमा सहजता अपनाउनु पर्ने उल्लेख गरे ।

नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले पर्यटकलाई सहज रुपमा नेपाल घुमाउने र खुसीखुसीका साथ स्वदेश फर्काउनेगरी तयारी गरिहेको बताए ।

बेलहियामा एक दशकदेखि हरेक वर्ष २७ सेप्टेम्बरमा पर्यटनसम्बन्धी विभिन्न हुँदै आएका छन् । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि २७ सेप्टेम्बरकाका दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको विश्व पर्यटन दिवस मुल समारोह समिति लुम्बिनी प्रदेशका सदस्य नरेश के सीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : ०३ बजे

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

पृतनापति ट्रफि-२०८३ शुभारम्भ, फुटबलमा शम्सेर गणको विजयी शुरुवात

बुटवल । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान

राष्ट्रिय आर्थिक गणना : करिब ८७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमार्डौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज