४ आश्विन २०८३, आइतबार | September 20, 2026

माओवादीनिकट बुद्धिजीवी संगठनले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध वैचारिक संगठन नेपाल बुद्धिजीवी सङ्गठनले आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

शनिबार सम्पन्न संघकाकेन्द्रीय समितिको बैठकले सङ्गठनका संयोजक कृष्ण केसीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा निलकण्ठ तिवारी रहेका छन् । निर्वाचन परिचालन समितिमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका पदाधिकारी र सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य रहेका छन् ।

संगठनको केन्द्रीय कार्यालय टिमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धी कामको परिचालन गर्नेसमेत निर्णय गरिएको संयोजक केसीले जानकारी दिए ।

बैठकले निर्वाचन अघि आमजनसमुदायलाई माओवादी र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसहितको अपिल प्रकाशन गर्ने, माओवादी आन्दोलनका प्रमुख उपलब्धि नामक पुस्तिका परिमार्जनसहित पुनःप्रकाशन गर्ने, प्रदेश र स्थानीय तहमा निर्वाचन परिचालन समिति बनाउनेलगायत निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका सचिव एवं बुद्धिजीवी सङ्गठनका इञ्चार्ज दीनानाथ शर्माले आसन्न निर्वाचनमा क्रान्तिकारी बुद्धिजीवीले जनतालाई वैचारिक दिशानिर्देश दिनुपर्ने बताए । आगामी मङ्सिर ४ गते हुने निर्वाचन सामान्य प्रकृतिको निर्वाचन नभई अग्रगमन र प्रतिगमनबीचको संघर्ष भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : १६ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा