३ पुस २०८२, बिहिबार | December 18, 2025

कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु, ३१ जना घाइते



कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलको परिचय खुल्न सकेको छैन । दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मीनबहादुर घलेले बताए ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमामा शनिबार दिउँसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।

काठमाण्डौबाट दाङ जादै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : १५ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,