१६ माघ २०८२, शुक्रबार | January 30, 2026

दशैं मान्न घर फर्केका नेपालीहरु नेपाल प्रवेश गर्नै लाग्दा बेचिन्छन् नेपालगन्ज नाकामा

नेपाली नागरिकहरु खरिद गर्न गएका ३७ बढी दलालहरु भारतीय प्रहरीको फन्दामा



नेपालगन्ज । नेपालको कानुनले मानव बेचबिखनलाई प्रतिबन्ध लगाएको दशकों बितिसकेको छ । कमारा कमारी युगको अन्त्य भएसँगै मानवले मानवलाई खरिद बिक्री गर्ने प्रथाको अन्त्य भएको मानिन्छ । तर नेपालगन्ज नाकामा भने हरेक दिन मानीसहरुको खरिद बिक्री हुने गरेको छ ।

भारतका बिभिन्न शहरमा दशै मान्न गएका नेपालीहरु दशैं मान्न घर फर्किने क्रममा आफैलाई थाहा नहुने गरि बिक्री हुने गरेका छन् । भारतका बिभिन्न शहरमा मजदुरी गरेर फर्केका नेपालीहरुलाई भारतीय बस संचालकहरुले नेपालगन्जका होटल संचालकहरुलाई बेच्ने गरेका छन् । भारतको रुपैडियामा आइपुग्ने बसका कर्मचारीहरुले नेपालगन्जका होटल संचालकहरुसँग पैसा लिने र होटल संचालकहरुले नेपालबाट लिएर गएको गाडीमा बसालेर नेपाल पठाउने गरेको खुलासा भएको छ ।

दशैं नजिक आएसँगै जमुनाहा नाकामा नेपाल फर्कने नेपालीहरुको लर्को लागेको छ । मौसमी कामका लागि भारतको कालापहाड, प्रयाग, सिमला, लद्दाक, कारगिललगायत ठाउँमा पुगेका नेपाली दशैं मान्न घर फर्किने क्रममा बेचिने गरेको खुलासा भएको हो ।

आज मात्र भारतीय प्रहरीले फर्कादै गरेका नेपालीहरु खरिद गर्न गएका ३७ जना होटल संचालक र होटलका दलालहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतीय बजार रुपैडियामा बसका कर्मचारीहरुसँग मोलमोलाई गरिरहेको अवस्थामा उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका होटल संचालकहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

भारतमा नेपाली होटल संचालक र दलालहरु पक्राउ परेको बाँके प्रहरीले पुष्टि गरेको छ । भारतबाटै मोलमोलाई गरेर ल्याइने गरेकाले नेपाली भूमीमा पक्राउ गर्न नसकिएपनि नेपाल प्रहरीकै समन्वयमा भारतमा उनीहरु पक्राउ परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनले काउण्टरपार्ट भारतीय प्रहरीलाई सूचना दिएकै आधारमा भारतीय प्रहरीले सक्रियता देखाएको बताए । प्रहरीको सक्रियताकै कारण अघिल्ला वर्षहरुमा जस्तो बेहोस बनाएर लुटपात गर्ने घटनामा कमी आएको एसपी अधिकारीले दाबी गरे ।

नेपालगन्ज नाकामा मात्र यतिबेला दैनिक पाँच हजार बढी नेपाली घर फर्किरहेको प्रहरीले जनाएको छ । विशेष गरेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु मौसमी कामका लागि भारतमा जाने गर्दछन् । घरपरिवारसँग बसेर दशैं मनाउन उनीहरु घर फर्किरहेका छन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ४३ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता