३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्रपतिविरुद्ध रिटको पेसी हरि फुयालको इजलासमा



काठमाडौं । राष्ट्रपति विद्यादेव भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।

दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले नगरेपछि सर्वोच्च अदालतमा छुट्टाछुट्टै पाँचवटा रिट परेका छन् ।

विधेयक प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै परेको रिटको सुुनुवाइका लागि गत शुक्रबार पेसी तोकिएको थियो ।

राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश/उत्प्रेषण आदेश माग गरिएको रिटको आइतबार हुने सुनुवाइ सूचीमा ८ औँ नम्बरमा राखिएको छ ।

अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : १७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका