१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु भएको डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष रविना थापाका अनुसार संघको स्वास्थ्य समितिको सक्रियतामा आइतवार भर्चुअल जनचेतना कार्यक्रम गर्न लागिएको हो ।

नेपालमा अहिले डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भएर सयौं अस्पतालमा भर्ना भएका छन् । पछिल्लो सयम काठमाडौं उपत्यकामा डेंगु भाइरसको संक्रमणको उच्च जोखिममा रहेको छ ।

एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे कार्यक्रममा जानकारी दिइने छ ।

कार्यक्रममा डा। प्रभात अधिकारी सहित डेंगु विशेषज्ञहरूले सो रोगथामको लागि चाल्नु पर्ने कदमका बारेमा आआफ्ना भनाईहरु राख्ने छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : ३० बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा