८ पुस २०८२, मंगलबार | December 24, 2025

देवि भागवत महापुरण महायज्ञको तयारी पुरा



बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगर स्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा श्रीमद् देवि भागवत महापुरण महायज्ञको तयारी पुरा भएको छ । लुम्बिनी वाणिज्य क्याम्पस अगाडी मन्दिर परिषरमा ९ दिन सम्म संचालन हुने उक्त महापुरणको तयारी पुरा भएको समितिले जनाएको हो ।

महापुरण तथा कथा प्रवचनको सन्दर्भमा जानारी दिन आईतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन कुंवरले तयारी पुरा भएको र सोमवार घटस्थापनादेखि महापुरण यज्ञ शुरु हुने बताए ।

वि सं २०२२ सालमा यस क्षेत्रका धार्मिक व्यक्तिहरुको पहलमा तिलोत्तमा गंगा किनारमा निर्मित उक्त मन्दिर २०७३ मा जिर्णोद्धार गरी हरेक वर्ष दुर्गा पुजन गरिदै आएको छ । २०३८ सालको वाढीले समेत यस मन्दिरले चर्चेको भूभाग कटान गर्न नसकेको कारण यस क्षेत्रमा देविको शक्ति रहेको विश्वास गरी यस क्षेत्रको नाम देविनगर रहन गएको स्थानिय बताउछन ।

मन्दिरको एतिहासिक तथा पौराणीक महत्वलाई उजागर गर्न महायज्ञ गर्न लागिएको अध्यक्ष कुंवरले जानकारी दिए । श्रृङगेश्वरधामका गुरुदेव त्रिकालदर्शी युवा ज्योतिषविद आचार्य दुर्ग प्रसाद भट्टराई (उपाध्याय)को मुखारविन्दबाट संगितमय कथावाचन हुने समितिका सचिव रविलाल पोख्रेलले जानकारी दिए ।

महायज्ञका संयोजक तथा समितिका सल्लाहकार यज्ञश्वर मरासिनीले १० गते विहान वाजागाजा र भजनकृतनको साथमा भव्य कलश यात्रा घटस्थापना, व्यास पुजन तथा पाठपारायण शुभारम्भ हुने जानकारी दिए । उनका अनुसार असोज १६ गते वाजागाजा सहित फुलपाती भित्राउने १९ गते दुर्गा विसर्जन तथा टिका प्रसाद ग्रहण र अशोज २३ गते कोजाग्रत पुर्णिमाको दिन सरायनाच । फुलपाती विसर्जन गरिने छ । त्यसवाहेक दैनिक धार्मिक कार्यक्रम संगितमय कथा वाचन कार्यक्रम रहनेछ । समितिका बरिष्ठ उपाध्यक्ष कुल बहादुर केसीले नवदुर्गा मन्दिरको प्रचार प्रसारमा पत्रकार र मिडियाले महत्वको साथ लिएको बताउदै धन्यवाद दिए ।

कोषाध्यक्ष तथा आर्थिक संयोजक राधा पौडेलले मन्दिरको नियमित कर्मको लागि आर्थिक अवस्था कमजोर रहेको र भक्तजनहरुको सहयोगबाट मन्दिर संचालन गरिएको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, समितिका सदस्य तथा मिडिया संयोजक रुद्रहरि कुंवरले धार्मिक कार्यक्रम मार्फत सवैलाई सत्मार्गमा लैजान टेवा पुग्ने र मन्दिरको एतिहासिक तथा धार्मिक महत्वको अझै उजागर हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ३८ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना