८ पुस २०८२, मंगलबार | December 24, 2025

राजनैतिक दल आवद्ध यूवाहरुलाई भावनामा नबहकीन आग्रह, सामाजिक सद्भावका लागि संबाद आवश्यक



बुटवल । सामाजिक सद्भावका लागि यूवाहरुले संबादलाई अंगाल्नु पर्ने एक कार्यक्रमका सहभागितहरुले बताएका छन । गलत सूचनाले सामाजिक सद्भाव खलल पार्ने भएकाले सूचनाको प्रयोग र प्रचार गर्नुअघि सचेत हुनु पर्ने उनीहरुको भनाई छ । सामाजिक परिबर्तन केन्द्र काठमाण्डौले आइतबार बुटवलमा आयोजना गरेको सामाजिक सद्भावका लागि यूवाहरुको भूमिका बिषयक कार्यशाला गोष्ठिमा बोल्ने यूवा नेताहरुले यूवाहरुले शान्ती स्थापना , सामूदायिक एकता र सद्भावका लागि योगदान पुराउन सक्ने बताएका हुन ।

कार्यशालामा सहजीकरण गर्दै सामाजिक परिबर्तन केन्द्रका अध्यक्ष पवन राय ले राजनैतिक दल आवद्ध यूवाहरु भावनामा बहकीनु भन्दा तथ्यमा आधारीत भएर आफनो भूमिका प्रर्दशन गर्नुपर्ने बताए । उनले यूवाहरुको सामाजिक संजालमा आकर्षण बढि रहेको भन्दै संजालबाट प्रवाह भइरहेका सुचना र भावनाको बिश्वसनियतामा ध्यान दिन आग्रह गरे ।

बरिष्ठ कार्यक्रम संयोजक दिबेश सायमीले सामाजिक परिबर्तन केन्द्र अनुसन्धानमा आधारित संस्था भएको भन्दै शान्ति स्थापना , द्धन्द्ध रुपान्तरण , नागरिक संगठनको क्षमता अभिबृद्धि , पैरबी , आप्रबासन लगाएतका बिषयमा कार्यक्रम गर्दै आएको जानकारी दिए । कार्यक्रम संयोजक यूक्ता यादवले संबादको माध्यमबाट सद्भाव कायम गराउन राजनैतिक पार्टीमा आबद्ध यूवाहरुले भूमिका निर्बाह गर्नुपर्ने बताइन् । कार्यक्रममा रुपन्देही जिल्लामा रहेका बिभिन्न पार्टीमा आबद्ध यूवा नेतृत्व तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : १९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना