२५ आश्विन २०८३, आइतबार | October 11, 2026

नवरात्रको पहिलो दिन घरघरमा जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिदै



काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् ।

घरको पूजा कोठा वा दशैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो ।

गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ ।

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

आज घटस्थापनासँगै काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : १९ बजे

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा

बुढीगण्डकीको बाढीले त्रिशूलीमा जोखिम बढ्यो, बेनीघाटसम्म अति उच्च जोखिम

काठमाडौं । बूढीगण्डकी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि

सेनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौं । बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार

बूढीगण्डकीको बाढीले आरुघाट जोड्ने पक्की पुल बगायो, बजार खाली

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको

बूढीगण्डकीमा आएको बाढीले दुई झोलुङ्गे पुल र एक फलामे पुल बगायो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो