३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ ।

अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रुपमा लिइ एपिएफ क्लबबाट सहभागी हुने खेलाडीले उच्च मनोबलका साथ पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताए ।

पोखरा लगायत आसपासका जिल्लामा संचालन हुने प्रतियोगितामा ३६ खेल विधा समावेश हुनेछ । प्रतियोगितामा एपिएफ क्लबबाट ३१ खेल विधामा ५३४ जना खेलाडीको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ५४ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका