२० मंसिर २०८२, शनिबार | December 6, 2025

ठोरीको विकासमा सबैले हातेमालो गरौँः मन्त्री चौधरी



चितवन । सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन् ।

चितवन पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोड रुपैयाँका आयोजनाहरुको शिलान्यास गर्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ । यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ । यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरुको घुइचो लाग्ने छ । धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ,’ मन्त्री चौधरीको भनाइ थियो ।

ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजनाहरु निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिहरुले सबैलाई समेटेर नेतृत्व गर्न आग्रह समेत गरेका थिए ।

ठोरी माधव ताल, पञ्चेश्वर धाम, ठोरी बजार पूर्वाधार निर्माण, विजय बस्ती सभा हाल, सरस्वती मावि भवन निर्माण, सडक विस्तार, पिच तथा ढलानलगायत दर्जनौँ आयोजनाहरुको शिलान्यास कार्यक्रममा सहरी मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सह सचिव पद्म कुमार मैनाली, ठोरी गाउँ पालिकाका अध्यक्ष लालबाबु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ५८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय