१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी



काठमाडौं । नेपाली क्रिकेट टोलिका निलम्बित कप्तान सन्दीप लामिछानेले छिट्टै नेपाल फर्केर आफुमाथि लागेको झुठो आरोपको डटेर प्रतिबाद गर्ने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गरेकै भोलिपल्ट सन्दीप विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : १९ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका